Comments Add Comment

बर्दियामा बिस्तार भयो हानको च्याप्टर

४ चैत, काठमाडौं । होटल संघ नेपाल (हान)को १६ औं शाखाको रुपमा क्षेत्रीय होटल संघ बर्दिया गठन भएको छ । संघको बर्दियामा आयोजित कार्यसमितिको बैठकले उक्त शाखाको विधिवत रुपमा अनुमोदन गरी संघकी अध्यक्ष सृजना राणाले क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीलाई आवद्धताको प्रमाणपत्र हस्तान्तरण गरेकी छिन् ।

अध्यक्ष राणाले संघमा बर्दियाका होटल व्यवसायीलाई स्वागत गर्दै बर्दिया र यस आसपासका व्यवसायीको क्षमता अभिवृद्धिमा भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् । राणाले अति प्रभावित क्षेत्र होटल उद्योगलाई डिमाण्ड चार्ज छुट उपलब्ध गराउन विभिन्न निकायमा गरेको निरन्तर प्रयासलाई राज्य सकारात्मक रुपमा लिएको समेत जानकारी गराइन् । आन्तरिक पर्यटन बढाउन संघले सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागेको समेत उनले जानकारी दिइन् । हानले क्षेत्रीय होटल संघ नेपालगन्जमा स्थानीय व्यवसायीसँग संयुक्त बैठक आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment