Comments Add Comment

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता

४ चैत, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाहगर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे ।

उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ प्रालिले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ प्रालिले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment