Comments Add Comment

गाडीमा इम्बोस्ड नम्बर राख्‍ने सरकारी निर्णयको मालेद्वारा विरोध

५ चैत, काठमाडौँ । सीपी मैनाली नेतृत्वको नेकपा (माले)ले नेपालमा चल्ने सबै सवारी र भारवाहक गाडीहरुमा इम्बोस्ड नम्वर–पाता राख्ने सरकारी निर्णयको विरोध गरेको छ।

नेकपा (माले) को हालै सम्पन्‍न सातौं केन्द्रीय कमिटीको १३औं पूर्ण बैठकले इम्बोस्ड नम्बर-पाता राख्ने सरकारी निर्णयको विरोध गरेको हो ।

बिहीबार नेकपा (माले)का महासचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा चल्ने सबै सवारी र भारवाहक गाडीहरुमा इम्बोस्ड नम्बर–पाता राख्ने नेपाल सरकारको निर्णय निम्न दुई कारणले आपत्तिजनक भएको नेकपा (माले) को यस बैठकले ठहर गरेको छ । ‘

संविधानको धारा ७ (१) को विपरीत नम्बर पातामा अंग्रेजी भाषा र लिपी प्रयोग गरिएको भन्‍दै नेपाली भाषा र देवनागरी लिपीको प्रचलनलाई हियाउने काम गरेको मालेको ठहर छ ।

‘माइक्रो चिप’बाट गाडी धनीको सम्पूर्ण वैक्तिक विवरण र स्थानको स्थिति भूउपग्रहबाट टिप्ने भन्‍दै तत्काल रोक्न मालेले माग  गरेको छ ।

यस्तै बैठकले भारतले महाकाली नदीको पश्चिमी किनारमा नदीको धार नेपालतर्फ मोड्ने गरी २५ मिटर निर्माण गर्न  लागेको भन्‍दै तत्काल प्रभावकारी कुटनैतिक कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment