
हिमालय टीभीमा ‘जुठे’ नामक सिरियल प्रशारण हुन थालेको छ । बुधबारदेखि यो शो हिमालय टीभीमा प्रशारण हुन थालेको हो । प्रशारण भएको पहिलो भागमै दर्शकले यो सिरियललाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
सामाजिक बिषयवस्तुमा निर्माण गरिएको यो शोले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ । यो सामाजिक सिरियलमा हिमालय टीभीमा वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको हो ।
यो सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन छ ।
राजु पौडेल र मरिचमान श्रेष्ठ यो सिरियल तथा निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4