Comments Add Comment

डिआरएस गेमिङ्ग र खेलाडीबीच सम्झौता

५ चैत, काठमाडौँ । अनलाईन खेल (ई–गेमिङ्ग) को दुनियामा नयाँ आयाम थपिएको छ । ई–गेमिङ्ग मध्येकै एक पब्जीका खेलाडीहरु पनि अव संस्था संग आवद्धता हुँदै ब्यावसायिक रुपमा अगाडि बढ्ने भएका छन् ।

राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आवद्धता गर्दै “द रियल सोल्जर्स” (डिआरएस) ले ई–गेमिङ्गमा नयाँ आयाम थपेको हो । बिहिबार डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरुले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्  ।

अब डिआरएससँग आवद्ध खेलाडीहरुले एक वर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्ने छन् । साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डिआरएसले ब्यहोर्ने भएको छ ।

कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए । उनले सर्वसाधारण खेलाडीहरुले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए ।

नेपालमा पब्जी र ई–गेमिङ्गलाई ब्यावसाधिक बनाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाईला चालेको प्रेस विज्ञप्तिमा जनाइको छ ।
डिआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो) लाई आवद्धता गरेको हो ।

टोली ब्यवस्थापकमा संगिन भट्टराई रहेका छन् । आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुबाट समेत प्रशिक्षण गराइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment