+
+
Shares

एमालेमा समानान्तर गतिविधि, आज माधव समूहको महिला भेला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १०:००

६ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ ।

आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्दैछन् । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।

देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?