Comments Add Comment

आजबाट ‘दि भ्वाइस अफ नेपाल ३’ प्रशारण हुँदै

आजबाट हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो ।

प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए । आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।

यो बर्ष शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् । लक्ष्मण पौडेल यो शोका निर्देशक हुन् । नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment