Comments Add Comment

एस्ट्राजेनेकाको खोपमाथिको प्रतिबन्ध हटाउँदै युरोपेली मुलुक

६ चैत, काठमाडौँ । युरोपेली मुलुकहरुले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपमा लगाइएको प्रतिबन्ध हटाउन थालेका छन् । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले उक्त खोप ‘सुरक्षित र प्रभावकारी’ भएको निष्कर्ष निकालेसँगै युरोपेली मुलुकले यो खोपको प्रयोग पुनः सुरु गर्ने निर्णय गरेका हुन् ।

यसअघि युरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या बढेको भन्दै यो खोपमा रोक लगाउने निर्णय गरेका थिए । यसबारेमा ईएमएले पनि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानमा ईएमएले खोपको रगत जम्ने समस्यासँग कुनै पनि सम्बन्ध नरहेको पाइएको बताएको हो । जर्मनी, फ्रान्स, इटाली र स्पेनले यो खोपमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् । स्वीडेनले भने निर्णय लिन केही दिन आवश्यक रहेको बताएको छ ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मुलुकहरुलाई एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध नलगाउन आग्रह गरेको थियो । शुक्रबार डब्ल्यूएचओले रगत जम्ने समस्यामा यो खोपको सम्बन्ध रहेको वा नरहेको भन्ने प्रतिवेदन सार्वजनिक गर्दैछ ।

युरोपमा कोरोना खोप अभियान अन्य मुलुकको तुलनामा सुस्त गतिमा नै सञ्चालन भइरहेको अवस्थामा एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध लगाउने निर्णयले खोप अभियान थप प्रभावित हुन सक्ने आशंका बढेको छ । एस्ट्राजेनेकाले भने आफ्नो कोरोना खोपमा कुनै समस्या नरहेको बताउँदै आएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment