Comments Add Comment

‘सरकारी कर्मचारी हुँ’ भन्‍दै प्रहरीलाई नै ठग्‍दै !

६ चैत, सुर्खेत । सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति सुर्खेतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बूढाक्षेत्री रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

उनले नागुनाथ गाउँपालिका हुम्ला लेखिएको परिचयपत्र देखाएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । जबकी नागुनाथ नाम गरेको गाउँपालिका नेपालमै छैन ।

डीएसपी घर्तीका अनुसार नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो ।

उक्त घटनाको विस्तृत विवरण भने प्रदेश प्रहरीसँग छैन । ‘हामीले महानगरीय अपराध महाशाखाबाट आएको पत्र अनुसरा पक्राउ गरी काठमाडौं पठाएकाछौँ। मुद्दा ठगीको छ तर, घटनाको विस्तृत विवरण भने आएको छैन्।’ प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी अर्जुन चन्दले भने ।

पक्राउ परेका बुढा तीन वर्षअघि पनि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।
उनको साथबाट नक्कली सरकारी परिचयपत्र, भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाकसमेत बरामद गरिएको डीएसपी घर्तीले बताए ।

अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनले सरकारी परिचय पत्र र भिजिटिङ कार्ड देखाएर विभिन्‍न जिल्लाका प्रहरी कार्यालयमा स्कटिङ समेत माग्‍ने गरेको पाइएको छ। उनले भने, ‘बुढाले एक महिलालाई सरकारी जागिर लगाइदिन्छु भनेर समेत रकम लिएका छन् ।’

यसअघि  इलामका एक किशोरलाई पनि सरकारी कर्मचारी भएको बताएर प्रहरीलाई नै झुक्याएको आरोपमा पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

बोल्ड जेबिका

Advertisment