+
+
Shares

सुपुर्दगीको निर्णयमा आपत्ति जनाउँदै उत्तर कोरियाले रद्द गर्‍यो मलेसियासँगको सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १५:१२
Photo Credit : Reuters

६ चैत, काठमाडौं । उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध रद्द गरेको बताएको छ । मलेसियाको एक अदालतले आफ्ना नागरिकलाई अमेरिका प्रत्यर्पण गर्न सकिने फैसला सुनाएसँगै उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध नै ताड्ने निर्णय गरेको हो । मलेसियाको अदालतले एक उत्तर कोरियाली नागरिकलाई सम्पत्ति शुद्धीकरणको मामिलामा अमेरिका सुपुर्दगी गर्न सकिने फैसला सुनाएको थियो ।

उत्तर कोरियाले अमेरिकालाई पनि यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको उत्तर कोरियाको स्थानीय समाचार एजेन्सीले जानकारी दिएको छ । उत्तर कोरियाले गरेको निर्णयमा मलेसियाको विदेश मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन । मलेसियाको मन्त्रालयले प्रत्यर्पणका लागि अनुमति दिएका व्यक्तिको नाम मुन चोल मिओङ रहेको बताइएको छ । उनी पछिल्लो १० वर्षयता मलेसियामा बस्दै आएका थिए । सन् २०१९ को मे मा उनी अमेरिकाको आग्रहमा पक्राउ परेका थिए र अमेरिकाले उनको सुपुर्दगीका लागि आग्रह गरेको थियो । मलेसियाको सरकारले अमेरिका सुपुर्दगीको लागि अनुमति दिए पनि मुनले यसविरुद्ध अदालतमा चुनौती दिएका थिए ।

उत्तर कोरियाले मलेसियाको यो निर्णय माफी दिन नसकिने किसिमको अपराध भएको बताएको छ । यो निर्णयले द्विपक्षीय सम्बन्धको आधार नै ध्वस्त भएको उत्तर कोरियाको ठम्याइ छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?