+
+

सगरमाथामा पुगे आइसफल डाक्टर, बाटो बनाउन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १७:४८
फाइल तस्वीर

६ चैत, काठमाडौं । सगरमाथा आरोहणको सिजन नजिकिँदै गर्दा सगरमाथामा आरोहण सहजिकरणका लागि खटिने आइसफल डाक्टर सो क्षेत्रमा पुगेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार सगरमाथा आरोहणका लागि बाटो बनाउने प्रयोजनका लागि ७ जना विशेषज्ञ टोली खटिएका छन् । उनीहरु आधार शिविरबाट माथि लागिसकेको उनले जानकारी दिइन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार यो टोलीमा पाल्देन नामगेल शेर्पा, आङ सार्की शेर्पा, मिग्मा तेम्बा शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, निग्मा वाङ्छु शेर्पा र फु छेतर शेर्पा रहेका छन् । उनीहरुलाई २ जना वेस क्याम्प सर्पोट स्टाफले साथ दिँदैछन् ।

आइसफल डाक्टरले आरोहण रुट पहिल्याउने काम गर्छन् । त्यसक्रममा पूर्वाधार राख्ने काम समेत यसै चरणमा हुने गर्छ । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाग्ने काम समेत यसै बेला गरिन्छ । आइसफल डाक्टरले पहिल्याएको बाटो हुँदै आरोही चुचुरोतर्फ लम्किन्छन् । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण र महत्वपूर्ण समेत मानिन्छ । यस प्रयोजनका लागि अनुभवी र विशेषज्ञ आरोही खटिएका हुन्छन् ।

फाइल तस्वीर ।

आइसफल डाक्टरहरु करिब तीन महिना हिमालमा रहने भएका छन् । खुम्बु क्षेत्रमा खटिने टीमले तीन वटा हिमाल चढ्ने रुट पहिल्याउने काम गर्छ । सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?