+
+
Shares

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते ८:३९

८ चैत, काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरीको आउने सम्भावना रहेकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?