Comments Add Comment

एसियाली नागरिकमाथिको आक्रमणको विरोधमा अमेरिकामा सयौंको प्रदर्शन

८ चैत, काठमाडौं । अमेरिकाको एटलान्टामा गत साता भएको आक्रमणका पीडितलाई न्यायको माग गर्दै जर्जियामा सयौंले प्रदर्शन गरेका छन् । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि भएको आक्रमण अन्त्य गर्न पनि उनीहरुले माग गरेका छन् ।

गत साता एटलान्टाको तीन मसाज पार्लरमा अन्धाधुन्ध गोली चल्दा आठजनाको मृत्यु भएको थियो, जसमा ६ जना एसियाली महिला थिए । उक्त घटनाको विरोधमा शनिबार मानिसहरुले ‘घृणा एक भाइरस हो,’ ‘एसियाली नागरिकप्रतिको घृणा बन्द गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

उक्त आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले भने मसाज पार्लरमा भएको आक्रमण रंगभेदबाट प्रभावित नरहेको बताएका छन् । एसियाली–अमेरिकी एडभाइजरी ग्रुपले अमेरिकामा कोरोना भाइरसको महामारीमा एसियाली समुदायलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेको बताएको छ ।

राजनीतिक दलका नेताहरुले दिएको रंगभेदी अभिव्यक्तिको कारण पनि यस्ता घटना बढेको अधिकारीहरुले बताएका छन् । आन्दोलनमा सहभागीहरुले एसियाली मूलका नागरिकहरुलाई अहिलेसम्म मौन बस्दै आए पनि अब भने समय परिवर्तन भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार एसियाली–अमेरिकी नेताहरुसँग भेटेका थिए । भेटको क्रममा उनले मसाज पार्लरमा भएको आक्रमण तथा एसियाली मूलका नागरिकमाथिको रंगभेदको निन्दा गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment