+
+

पोखरा विमानस्थलका लागि रिठ्ठेपानी डाँडा कटानको बाटो खुला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १८:४८
फाइल तस्वीर

८ चैत, काठमाडौं । पोखरा विमानस्थलमा अवतरण गर्ने जहाजहरुको सुरक्षाका लागि धावनमार्गको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाको कटान गर्नुपर्ने हुन्छ । यसका लागि सो डाँडामा रहेका रुख कटानको आदेश नआउँदा काम रोकिएको थियो । मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको २० फागुनको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो डाँडामा १ सयदेखि डेढ सय रुख काट्नु पर्नेछ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘रुख धेरै छैनन्, अनुमति आएसँगै अब कामले गति लिन्छ ।’ यो विमानस्थलबाट उडान तथा अवतरणका लागि ठूला जहाजले धावनमार्गको दुवै साइड प्रयोग गर्न सक्ने छैनन् । जहाज उड्ने र अवतरण गर्ने दिशामै पर्ने यो डाँडो कटान गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?