Comments Add Comment

म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

९ चैत, काठमाडौं । म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार औङ थुर रिहा भएका छन् । मार्च १९ मा सादा पोशाकमा आएको प्रहरीले उनलाई राजधानी शहर न्यपेतबाट पक्राउ गरेको थियो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि हालसम्म ४० जना पत्रकार पक्राउ परिसकेका छन् । यसका साथै सेनाले पाँच मिडिया कम्पनीको लाइसेन्स पनि खारेज गरिदिएको छ । गत शुक्रबार थुरसँगै अर्का स्थानीय पत्रकार थान एचटीके औङ पनि पक्राउ परेका थिए ।

सोमबार पक्राउ परेका पत्रकारलाई रिहा गरिएको हो । यद्यपि उनको विषयमा थप जानकारी भने नदिइएको बीबीसीले जनाएको छ । म्यानमारमा सैन्य कूको विरोध गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ ।

हालसम्म २५० जनाभन्दा बढी प्रदर्शनकारी मारिएको बताइएको छ । संयुक्त राष्ट्र संघले भने आन्दोलनका क्रममा हालसम्म १४९ जनाको मृत्यु भएको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment