+
+
Shares

नयाँ वर्ष २०७८ लाई लक्षित गरी टीभीएसले ल्यायो नयाँ अफर

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १७:२८

९ चैत, काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस वा, वाह्, वाहह् ग्राहक योजना ल्याएको छ । चैत्र ८ गतेबाट उत्साह जनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्ने छ ।

यस योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’अफर रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस Apache RR 310 उपहार स्वरूप प्रदान गरिनेछ ।

योजना यतिमा मात्र सिमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै ‘वाह्ह्’ सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप Standard MT भर्जनको नयाँ Proton Saga फेसबुक लाइभ मार्फत प्राप्त गर्नु हुनेछ भने यस योजना माथि उल्लेखित समयावधिभित्र देशमा रहेका सम्पूर्ण टीभीएस शोरुममा लागु हुनेछ ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपूर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा धेरै रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?