Comments Add Comment

मेरिकोद्वारा ‘निहार आयुर्वेदिक ठन्डा तेल’ को बिक्री सुरु

काठमाडौ । मेरिकोको केश तेल ब्रान्डहरु मध्ये एक निहारको एक विशेष उत्पादन ‘निहार आयुर्वेदिक ठन्डा तेल’ को अब नेपालमा बिक्री सुरु भएको छ । यो शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु जस्तै पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपुर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ, जसले आजको तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँसपेशीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार निहार आयुर्वेदिक ठन्डा तेलको निर्माण नेपाली उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिएको हो । यो ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ । निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण छ, जसले कपाललाई पोषण दिन्छ र कपाललाई बलियो तथा बाक्लो बनाउँछ । निहार अलमोन्ड तेलमा भिटामिन ईको गुण भरपुर छ , जसले रेशमी र मजबुत कपाल बनाउन मद्दत गर्छ ।

सबैभन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठन्डा तेलले विद्यमान उत्पादनको सूचीलाई व्यापक बनाउने र निहार ब्राण्डको वृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन भिन्न साइजहरु–१०० मिलि, २०० मिलि र ५०० मिलिमा उपलब्ध निहार ठन्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment