Comments Add Comment

डेब्युमा चम्किए क्रुनल र प्रसिद्ध, पहिलो ओडीआईमा भारत ६६ रनले विजयी

काठमाडौं । डेब्यु खेलमै क्रुनल पाण्ड्या र प्रसिद्ध कृष्णाले शानदार प्रदर्शन गर्दा भारतले इंग्ल्याण्डविरुद्ध पहिलो ओडीआई जित्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पुनेमा मंगलबार भएको खेलमा घरेलु टिम भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४२.१ ओभरममा अलआउट हुँदै २५१ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै जासन रोयले ४६ रन जोडे । मोइन अलीले ३०, कप्तान इयान मोर्गनले २२ र साम विलिङ्सले १८ रन बनाएर आउट भए ।

इंग्ल्यान्डलाई अलआउट गर्न भारतका डेब्युटान्ट प्रसिद्ध कृष्णले ४ विकेट लिए । यस्तै शार्दुल ठाकुरले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ९८ रन बनाए । यस्ते राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

डेब्युटान्ट क्रुनाल पाण्डयले अविजित ५८ रन बनाए । कप्तान विराट कोहलीले ५६ रन जोडे । रोहित शर्मा २८ रन बनाएर आउट भए ।

इंग्लयाण्डका लागि बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment