+
+
Shares

सर्लाहीमा विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते ८:४३

११ चैत, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा भएको आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नगरपालिकाको वडानम्बर ९ ब्रहमस्थान बस्ने राजकुमार महतोको घरमा विद्युत सर्ट भएर मंगलबार राति आगलागी हुँदा घर, घरभित्र रहेको नगद ३ लाख ५० हजारसहित सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ ।

उक्त आगलागीले ९ हजार ५० हजार बराबरको क्षति भएको छ ।

सोही आगोले राजकुमारका छिमेकी जोगि  महतोको घरको काठको बरण्डामा राखिएको ५० हजार बराबरको कपडा जलेर भएको छ ।

उक्त आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?