+
+
Shares

अर्नाको आक्रमणबाट पर्सामा एकजना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते ११:११

११ चैत, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा अर्नाको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन् । पटेर्वासुगौली-२ गादी चाफीकी ६० वर्षीया तुलमाया आलेमगर गम्भीर घाइते भएकी हुन् ।

गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा उनलाई बुधबार बिहान अर्नाले आक्रमण गरेको वडाअध्यक्ष विजय गैरेले जानकारी दिए । ‘घाँस काट्नका लागि तीन/चारजना गाउँ नजिकैको जङ्गलमा पुगेका रहेछन्,’ उनले भने, ‘सोही क्रममा तुलमायालाई अर्नाले आक्रमण गरेछ । एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्ज पठाएका छौं ।’

अर्ना चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जतर्फ आएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?