Comments Add Comment

‘आफ्नो प्रतिवद्धतामा नडगमगाइ जिम्मेवारी वहन गर्नुस्’

११ चैत, काठमाडौं ।  गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । उनले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिए । उनले भने, ‘सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ-आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्छ। ‘

निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै आफ्नो प्रतिवद्धतामा नडगमगाइ जिम्मेवारी वहन गर्न निर्देशन दिए । उनले भने, ‘ तपाईहरु नै देशका असल सेवक हुनुहुन्छ। आफ्नो प्रतिवद्धतामा नडगमगाइ जिम्मेवारी वहन गर्नुस् । ‘

नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको भन्दै उनले प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया बढाउनुपर्ने जरुरी रहेको उनको भनाइ छ । गृहसचिव न्यौपानेले भने, ‘गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लागिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment