Comments Add Comment

अर्नव गोस्वामीलाई पक्राउ गर्नुपरे तीन दिनअघि सूचना दिन अदालतको आदेश

११ चैत, काठमाडौं । भारतीय पत्रकार अर्नव गोस्वामीलाई पक्राउ गर्नुपरे तीन दिन पहिला सूचना दिन भारतको मुम्बई उच्च अदालतले आदेश दिएको छ । टीआरपी घोटालाको मुद्दामा सुनुवाइको क्रममा अदालतले प्रहरीलाई यस्तो आदेश दिएको हो ।

रिपब्लिकन टीभीका प्रधान सम्पादकसमेत रहेका गोस्वमीले आफ्नो टेलिभिजन ग्रुपको टीआरपी राम्रो बनाउन पैसा तिरेर दर्शक बढाएको आरोप छ । मुम्बई उच्च अदालतले लामो समयदेखि अनुसन्धान गरिरहेको भए पनि गोस्वामीविरुद्ध प्रहरीले कुनै प्रमाण फेला पार्न नसकेको बताएको थियो । गोस्वामीले भने आफूमाथि पूर्वाग्रह राखेर मुद्दा चलाइएको र आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

अर्नव गोस्वामी अहिले आत्महत्या दुरुत्साहनको मुद्दामा पनि जमानतमा छन् । उनीमाथि ५३ वर्षीय एक इन्टेरियर डिजाइनर अन्वय नायकको आत्महत्याको मुद्दामा गिरफ्तार गरिएको थियो ।

४ नोभेम्बरमा पक्राउ परेका उनलाई ११ नोभेम्बरमा सर्वोच्च अदालतले जमानत दिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment