+
+
Shares

२ महिनापछि खुल्यो भीमफेदी–कुलेखानी सडक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १७:१८

११ चैत, हेटौंडा । गत माघदेखि बन्द रहेको मकवानपुरको भीमफेदी–कुलेखानी सडक सञ्चालनमा आएको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने यो सडक स्तरोन्नतिको काम नसकिँदै सञ्चालनमा ल्याइएको हो ।

यातायात सञ्चालन नरोक्दा स्तरोन्नतिको काममा असहज भएको भन्दै गत माघमा यतायात बन्द गरिएको थियो । भीमफेदी – कुलेखानी सडकको क्षेत्रको १६ किलोमिटर खण्ड फराकिलो बनाउने काम ८० प्रतिशत सकिएको यातायात पुर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डा. सहदेबबहादुर भण्डारीले बताए ।

सडकको मोडहरुमा स्लाब ढलानको काम सकिए पनि कालोपत्रे बाँकी रहेको निर्देशक डा. भण्डारीले बताए । चाँडै कालोपत्रेको काम सक्ने गरी तयारी थालिएको उनले जानकारी दिए ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ यो सडक स्तरोन्नतिका लागि कुल ३४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए । उक्त सडक हुँदै दैनिक २ हजार भन्दा बढी साना सवारी साधन गुड्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?