Comments Add Comment

ललितपुर प्रशासनको निर्देशन–रात्रिकालीन व्यवसाय सञ्चालन नगर्नू

११ चैत, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ ।

बुधबार बसेको डीसीसीएमसी ललितपुरको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको बस्नेतले बताए ।

बस्नेतका अनुसार रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर राखी फागुपूर्णिमा (होली) को अवसरमा भिडभाड नगर्न समेत प्रशासनले भनेको छ ।

कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ का कार्यलाई आवश्यकता अनुसार अघि बढाउने, अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा रहन लगाउने निर्णय भएको उनले बताए ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment