Comments Add Comment

शे–फोक्सुन्डोमा अनमोल र सुहाना

आउँदो बर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो ।

चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई फिचरिङ गरिएको यो गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्रको अब १० दिनको छायांकन बाँकी रहेको निर्देशक झरना थापाले जानकारी दिइन् । काठमाण्डौ र पोखरामा चलचित्रको छायांकन गरेपछि काम सकिने उनको भनाई छ ।

सुनिलकुमार थापाको लगानीमा बनिरहेको यो चलचित्रमा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । लभ स्टोरी कथामा बनेको चलचित्रको शिर्ष गीतलाई दर्शकले मन पराउने अपेक्षा निर्माणपक्षको छ । ‘ए मेरो हजुर’को सिरिजमा समावेश सबै गीतले दर्शकको माया पाएका छन् । यसैले पनि यसको निर्माणपक्षले गीत र यसको भिडियो निर्माणमा निकै मिहिनेत गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment