+
+
Shares

राजधानीमा ८१ हजार बराबरको नक्कली नोट बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १३:०२
फाइल फोटो

१२ चैत, काठमाडौं । प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । कीर्तिपुरबाट एक हजार दरको ५१  र ५ सय दरको ५७ वटा नोट बरामद भएको हो ।

यसअघि कलंकीबाट ५ सय दरका ९ वटा नोटसहित बाफल बस्ने ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । उनले जाली नोट बोकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि सोधपुछ गर्दा कीर्तिपुरमा नोट छाप्ने मेसिन रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

कीर्तिपुरमा रौतहट भएका ३५ वर्षीय गनबहादुर लोप्चनको कोठामा खानतलासी गर्दा अन्य नोटहरु भेटिएको सिंहले बताए । उनका अनुसार उनीहरुको साथबाट सेक्यूरिटी थ्रेट बनाउने कच्चा पदार्थ पनि बरामद भएको छ । थप अनुसन्धान जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?