
१२ चैत, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका-२ मा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ ।
कलैया बरियारपुर सडकखण्डमा स्वास्थानी पेट्रोल पम्पभन्दा १ सय मिटर पूर्व चितुवाको बच्चा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
चितुवाको बच्चा ६ महिना जतिको हुनसक्ने अनुमान गरिएको छ । बिहीबार बिहान प्रहरीलाई चितुवाको बच्चा मृत भेटिएको खबर आएको थियो । त्यसपछि प्रहरी चौकी बरियारपुर र वन कार्यालय कलैयाबाट कर्मचारीसहितको टोली चितुवा भेटिएको स्थानमा पुगेको थियो ।
चितुवाको बच्चाको मृत्यु कसरी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4