
‘बुद्ध थिएटर फेस्टिभल’को चौथो दिन ‘मालिनी’ नामक नाटक मञ्चन गरिएको छ । वंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित रहेको यो नाटकलाई झोराहाट नाट्य समूहले मञ्चन गरेको हो । हिन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथामा बनेको यो नाटकले धर्मभन्दा पनि मानवता नै ठूलो हो भन्ने सन्देश दिएको छ ।
१ घन्टा समयावधिको नाटकलाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् । नाटकमा भरत गुरागाइँ, प्रज्ज्वल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदार लगायतका कलाकारले अभिनय गरेका छन् ।
भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको ‘बुद्ध थिएटर फेस्टिभल’ शनिबारसम्म चल्नेछ । महोत्सवको पाँचौ दिन बिहिबार भने हङकङबाट सहभागी भएको नाटक ‘सिद्धार्थ इन हङकङ’ मञ्चन हुनेछ ।
प्रतिक्रिया 4