Comments Add Comment

एक्साइड ब्याट मोबाइल सर्भिसले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै

काठमाडौं । काठमाडौंको रिङ्गरोडबाट सुरु भएको एक्साइड ब्याट मोबाइल सर्भिसले आफ्नो सेवालाई देशका अन्य ठाउँमा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ । चारपांग्रे तथा दुई पांग्रे गाडीको ब्याट्रीमा समस्या आएर स्टार्ट नहुँदा अफरोड भएर बस्नुपर्ने बाध्यता हटाउने लक्ष्यका साथ कम्पनीले विसं २००६ देखि सुरु गरेको सेवालाई देशका अन्य ठाउँमा पनि विस्तार गर्ने तयारी थालेको हो ।

कम्पनीले उपलब्ध गराएको सेवाबाट ग्राहकले सन्तुष्टि प्रदान भइरहेको प्रतिक्रिया आउन थालेपछि आफ्नो सेवालाई रिङ्गरोडबाट काठमाडौंको सबै स्थानमा सेवा उपलब्ध गराएको र छिट्टै देशका अरु ठाउँमा पनि सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ब्याट मोबाइल सर्भिसको हालसम्म ३१ हजार ६८५ भन्दा बढी एक्साइड ब्याट्री र नन-एक्साइड ब्याट्रीका ग्राहकहरुले यसको फाइदा उठाइसकेका छन्।

नेपालमा सन् २००० देखि सिप्रदी ट्रेडिङ प्रालिले बिक्री वितरण गर्दै आइरहेको एक्साइड ब्याट्री अहिले नेपालको सर्वाधिक लोकप्रिय ब्याट्री बन्न सफल भएको कम्पनीको दावी छ । आफ्नो लोकप्रियतालाई निरन्तरता र ग्राहकहरुलाई सहजता दिने उदेश्यका साथ एक्साइड ब्याट्री नेपालले दिन प्रतिदिन आफ्नो सेवा तथा सञ्जाल फैलाउँदै गइरहेको कम्पनीले जनाएको छ ।  बिक्री पश्चात पनि ग्राहकलाई सेवा दिने उदेश्यका साथ विसं २००६ देखि एक्साइड ब्याट्रीले ब्याट मोबाइल सर्भिस सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।

सवारी साधनको ब्याट्रीमा समस्या आएको जानकारी ग्राहकले कम्पनीलाई गराएको खण्डमा कम्पनीका प्रतिनिधि उक्त स्थानमा पुगेर अत्याधुनिक प्रविधियुक्त मेसिनबाट निशुःल्क ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सुरुवाती चरणमा मोबाइल भ्यानमार्फत सुरु भएको यो सेवा अहिले ग्राहकहरुलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि सेवा पुर्‍याउने गरेको कम्पनीले जनाएको छ ।

आइतबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिबार लगायत सार्वजनिक विदाका दिन बिहान ९ः३० बजेदेखि साँझ ५ः३० सम्म सेवा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment