Comments Add Comment

के मल्टिस्टारर फिल्ममा प्रवेश गर्लान् अनमोल ?

चलचित्र ‘होस्टेल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोल केसीले ८ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । ८ वटा चलचित्रमा अभिनय गरेका अनमोल अधिकांश चलचित्रलाई आफै बोक्ने हिम्मत राख्छन् । यसैले, पनि उनले मल्टिस्टारर चलचित्रमा मन नबनाएको देखिन्छ ।

पहिलो चलचित्र ‘होस्टेल’देखि पछिल्लो चलचित्र ‘ए मेरो हजुर ४’सम्म आइपुग्दा चलचित्रमा अनमोल एक्ला नायक छन् । उनले मल्टिस्टारर चलचित्रमा काम गरेका छैनन् ।

तर, उनलाई मल्टिस्टारर चलचित्रबाट अफर नआएको भने होइन । केही समय अगाडि निर्माता तथा कलाकार दीपकराज गिरी र नायक अनमोल केसीविच टिमअप हुने चर्चा पनि भएको थियो । यसका लागि कुरा अगाडि बढेको थियो । तर, कुरा अगाडि बढ्न सकेन ।

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको टिमसँग पनि अनमोलको सहकार्यको चर्चा नचलेको होइन । तर, अझै टिमअप हुन सकेको छैन । यसैविच, निर्देशक मुकुन्द भट्टले नायक अनमोल केसीलाई एक मल्टिस्टारर चलचित्रका लागि अफर गरेका छन् ।

वुझिएअनुसार, चलचित्रमा सौगात मल्ल, निश्चल बस्नेत, पुष्प खड्का लगायतका कलाकार पनि हुनेछन् । मुकुन्दले चलचित्रको शिर्ष भूमिकामा अनमोललाई राखेर काम गर्ने तयारी गरेका छन् । चलचित्रका लागि मुकुन्द र अनमोलको टिमविच एक चरणको कुरा पनि भएको वुझिएको छ ।

अनमोलले भने चलचित्रका लागि अहिलेसम्म वचन दिएका छैनन् । एउटा चलचित्रको काम नसकी अर्को चलचित्रको काम सुरु नगर्ने अनमोलको बानी छ । उसो त, यो चलचित्रका लागि अनमोललाई ७५ लाख पारिश्रमिक अफर गरिएको चर्चा समेत छ ।

एकल नायक भएको चलचित्रका लागि ४० देखि ५० लाखसम्मको पारिश्रमिक वुझ्दै आएका अनमोललाई मल्टिस्टारर चलचित्रका लागि ७५ लाख हारहारीको पारिश्रमिक दिन निर्देशक भट्ट पनि तयार रहेको श्रोत बताउँछ । तर, मल्टिस्टारर चलचित्रमा खासै मन नबनाएका अनमोलले के मुकुन्दको ह्यान्डसम पारिश्रमिकसहितको अफर स्विकार गर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment