
नायिका कियरा अडवानीले चलचित्र ‘कविर सिंह’बाट दर्शकको मन जितिन् । कियरालाई बलिउडमा स्थापित गर्न यो चलचित्रको ठूलो भूमिका छ । यो चलचित्र ब्लकबस्टर भएपछि कियराले निर्माता मुराद खेतानीकै ब्यानरमा बनेको चलचित्र ‘भूल–भूलैया २’मा पनि काम गरिन् ।
निर्माता खेतानी महिला केन्द्रित चलचित्र बनाउने तयारीमा छन् । सानो बजेटको यो चलचित्रका लागि कियरालाई नै उनले अफर गरेका थिए । तर, कियराले यो चलचित्रमा काम नगर्ने निर्णय लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
किनकी, ‘कविर सिंह’ पछि बीग बजेटका चलचित्रमा काम गरिरहेकी कियरा जोखिम नलिने सोचमा छिन् ।
‘अपूर्भ’ नामक चलचित्रले एक महिलाको यात्राको कथा भन्नेछन् । कियराको टिमले पनि अहिले एक्लै चलचित्र बोक्ने जोखिम लिन नहुने निर्णय गरेको हो ।
ठूला प्रोजेक्टहरुमा काम गर्दै अगाडि बढिरहेकी कियरा बलिउडकी सर्वाधिक माग भएकी नायिका हुन् । उनी महिला केन्द्रित कथामा निर्माण हुन लागेको चलचित्र ‘कर्याम कुरुम’मा काम गर्दैछिन् । यसैले, उनले अर्को महिला केन्द्रित चलचित्रमा काम गरेर जोखिम लिन नचाहेको देखिन्छ ।
प्रतिक्रिया 4