Comments Add Comment

बिरामीका आफन्तमाथि यौन दुर्व्यवहार, चिकित्सक निलम्बित

१३ चैत, सप्तरी । सप्तरीमा एक चिकित्सकमाथि बिरामीका आफन्तलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

बिरामीका आफन्तमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सक डा. राजन जयसवाल निलम्बनमा परेका छन् ।

जयसवालले आफूलाई कार्यकक्षमा बोलाई इच्छाविपरीत संवेदनशील अंगमा छोएको पीडित महिलाले बताएकी छन् । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बिरामीका कुरुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाकी ३२ वर्षीया महिला अस्पतालमा दुई दिनअघि सुत्केरी भएकी नन्दलाई भेट्न आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दुर्व्यवहार गरेको उनले बताइन् ।

‘मसँगै आएका श्रीमानलाई औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुर्व्यवहार गरे’ उनले भनिन्, ‘मैले चिच्याएपछि अरु मानिसहरु पनि आए ।’ चिकित्सकले नै आपत्तिजनक व्यवहार गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा बिरोध प्रदर्शन गरेका थिए ।

आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । ‘यसबारे पीडित पक्षले मौखिक जानकारीसमेत गराएका छन्’ उनले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’

बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि छिन्नमस्ता अस्पतालले डा. जैसवाललाई निलम्बन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment