
१३ चैत, काठमाडौँ । काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति निकाल्दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुला स्थानमा नबसौं, नखेलौं, मर्निङ वाक्मा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौं।’
मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत सचेत गराएको छ ।
‘घर बाहिर निस्कनै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘ कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौं/गराऔं ।’
यस्तै धुवाँ, धुलो उड्ने खालका पेशा, व्यवसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्न र अत्यावश्यक नभई सवारी साधन पनि नचलाउन मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4