+
+
Shares

कर्णाली प्रदेशका सबै जिल्लामा कोभिड अस्पताल र पालिकामा उपचार केन्द्र राखिने

रासस रासस
२०७७ चैत १४ गते १४:०६

१४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ ।

भारतलगायतका देशमा पुनः कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न जाने भएकाले कोरोना नियन्त्रण गर्न कर्णाली प्रदेश प्रवेश गर्ने नाकामा चेकजाँचमा कडाइ गर्ने पनि बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

‘रोजगारीका लागि भारत गएका नागरिक दिन प्रतिदिन नेपाल फर्कंदैछन्,’ प्रवक्ता केसीले भनिन्, ‘घर फर्कने नागरिकको मोबाइल नम्बर, स्पष्ट ठेगानाको अभिलेख राखी उपलब्ध गराउने व्यवस्थाका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई समन्वयात्मक निर्देशन गरिएको छ ।’

सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणसम्बन्धी जानकारी आदानप्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने निर्णय गरेको पनि उनले बताइन् ।

बैठकले सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउन बस व्यवसायीलाई आग्रंह गर्ने व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीले मिलाउने, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनासम्बन्धी व्यापक प्रचारप्रसार गर्ने र प्रवेश नाकामा कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिलाई अनिवार्य होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?