Comments Add Comment

यस्तो छ बंगलादेशविरुद्ध खेल्ने नेपाली टिम

१४ चैत, काठमाडौं । थ्री नेसन्स कप अन्तर्गत बंगलादेशविरुद्धको खेलमार्फत त्रिदेव गुरुङ र सन्जोग राईले आधिकारिक रुपमा डेब्यु गर्दैछन् । यसअघि किर्गिस्तानको ओलम्पिक टिमसँग त्रिदेव र सन्जोगले पहिलो रोजाइमा खेलेपनि त्यो आधिकारिक अन्तर्राष्ट्रिय खेल थिएन ।

त्यसैले दुवै खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुनेछ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानविरुद्ध खेलेको टोलीलाई नै बंगलादेशविरुद्ध निरन्तरता दिएका छन् । टिममा कुनै परिवर्तन गरिएको छैन ।

अर्कोतर्फ बंगलादेशले भने किर्गिस्तानविरुद्ध खेलको टिममा सबै ११ जना खेलाडी परिवर्तन गरेको छ । जसमा दुई डिफेण्डर इमोन र मेहदी हसनले डेब्यु गर्दैछन् । अघिल्लो खेलमा पहिलो रोजाइमा नखेलेका नियमित कप्तान जमन भुइयनले शनिबार पहिलो रोजाइमा खेल्दैछन् ।

बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ । नेपालले फाइनल पुग्न शनिबार कम्तीमा पनि बंगलादेशसँग बराबरी खेल्नुपर्छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले पारजित गरेको थियो । नेपालले भने किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment