+
+
Shares

भिजिबिलिटी कम भएपछि पोखरा-सिमरा परीक्षण उडान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १३:५०

१५ चैत, वीरगञ्ज । आइतबार पहिलोपटक पोखरा–सिमरा उडान गर्ने तयारी गरिएकोमा स्थगित भएको छ । पोखरा विमानस्थलमा भिजिबिलिटी कम भएका कारण उडान स्थगित गरिएको हो ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार आइतबार पोखरामा २ किलोमिटर मात्रै भिजिबिलिटी थियो । ठूला जहाज उडाउनका लागि कम्तिमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

वायुमण्डलमा धूलो र खरानी मिसिएर बनेको हेगले हावाको पारदर्शिता घटाएकाले पोखरामा उडान हुन नसकेको उनको भनाइ छ । ‘मुख्यमन्त्री, पर्यटनमन्त्री सहितको टोली पोखराबाट बिहान ११ बजे सिमरा जाने र दिउँसो ३ बजे फर्कने कार्यक्रम थियो,’ उनले भने, ‘हेगले गर्दा हावामा पारदर्शिता कम भयो, उडान हुन सकेन । वैशाख ५ गते गर्ने कि ? भन्नेबारेमा सरसल्लाह भइरहेको छ ।’

आइतबार सिमरासँगै पोखरा विमानस्थलबाट जोमसोमका लागि १० वटा, काठमाडौं जाने १७, र भैरहवाको एउटा उडान तय भएका थिए । सिमरा विमानस्थलका प्रमुख वसन्त गौतमले पोखराको मौसम खराब भएकाले उडान स्थगित भएको जानकारी दिए । ‘हप्तामा तीनवटा उडान गर्ने भनेर यति एयरलाइन्सले प्रयास गर्न लागेको थियो,’ उनले भने, ‘पोखरामा धूलो, धुवाँले गर्दा मौसम खराब भएर उडान हुन सकेन ।’

यति एयरलायन्सको विमानले गण्डकी प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, प्रमुख सचिव, पोखरा महानगरपालिकाका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरु सिमरा आउने तय भएको थियो ।

यति एयरलाइन्सका सिमरा विमानस्थल इन्चार्ज सुवासचन्द्र सापकोटाले भिजिबिलिटी कम भएका कारण उडान स्थगित गरिएको र पानी परेपछि उडान भर्ने योजना रहेको सुनाए । ‘अब कहिले उडान हुन्छ ? भन्ने बारेमा छलफल पछि तय हुन्छ,’ उनले भने, ‘पानी परेपछि गर्दा उत्तम हुन्छ भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?