+
+
Shares

सरकारलाई नागरिक अगुवाको अपिल : म्यानमारका जनताको पक्षमा बोल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते २०:३२
फाइल तस्वीर

१५ चैत, काठमाडौं । नागरिक अगुवाहरुले म्यानमारका जनताको पक्षमा उभिन सरकारलाई आग्रह गरेका छन् ।

कुलचन्द्र गौतम, सुशील प्याकुरेल, कनकमणि दीक्षित, विपिन अधिकारी, डा. रेणू राजभण्डारी, डा. अर्जुन कार्की लगायतका नागरिक अगुवाहरुले आइतबार विज्ञप्ति जारी गर्दै म्यानमारमा भइरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिन सरकारलाई आग्रह गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनकारीको नरसंहार गरेको भन्दै नागरिक अगुवाहरुले म्यानमारको सेनाको निन्दा गरेका छन् । शनिबार सेना दिवसको दिन सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर म्यानमारमा ११४ जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मीहरुको गोलीबाट घरभित्रै बसेका सार्वसाधारण समेत मारिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार सुरक्षाकर्मीले घरबाट बाहिर निस्किए टाउकोमा वा पछाडिबाट गोली हान्नसक्ने चेतावनी दिएको थियो । यसले म्यानमारको सेनामा मानवताको अभाव देखिएको नागरिक अगुवाहरुको निष्कर्ष छ ।

उनीहरुले म्यानमारको सैन्य दमनविरुद्ध दक्षिण एसियाली तथा विश्वभरका मुलुकले पर्याप्त कदम नचालेको बताएका छन् । साथै म्यानमारमा संवैधानिक व्यवस्था लागू गर्न अन्तर्राष्ट्रिय अभियान सुरु हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसका लागि म्यानमारको सेनालाई दण्डित गर्ने वा एक्ल्याउने जस्ता कार्य गर्नुपर्ने भन्दै उनीहरुले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् र अन्य विशेष दूतहरुलाई मानवताविरोधी अपराधमा संलग्नलाई कारबाही गर्न आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?