Comments Add Comment

होलीमा देखिएको वर्षा र राजको निकटता

फागू पूर्णिमाको अवसरमा नेपाली चलचित्रका कलाकारले आफ्ना साथीभाइ तथा आफन्तसँग होली मनाए । यसैक्रममा, नायिका वर्षा सिवाकोटी र कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले पनि एकसाथ होली मनाए । राज र वर्षा होली मनाउनका लागि काठमाडौंको विभिन्न स्थानमा पुगेका थिए । उनीहरुले, नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको साथमा होली मनाएका थिए ।

होली मनाउने क्रममा राज र वर्षाको मित्रता छल्किएको थियो । भेटघाट बाक्लो हुँदै गएपछि नजिक भएका राज र वर्षाले आफूहरुको मित्रता बलियो बनेको बताए । वर्षाले भनिन्–‘राजको हरेक कुरा मलाई मनपर्छ । उहाँको बोल्ने शैली, सम्मान गर्ने बानी राम्रो छ । हामी मिल्ने साथी भएका छौं ।’

यस्तै, राजले पनि वर्षाको नकारात्मक कुरा केही पनि नभएको बताए । उनले भने–‘वर्षा मिहिनेती छिन् । साथै, उनी सबैसँग मिल्न सक्छिन् ।’ राजले वर्षाको कुनै पनि चलचित्र नहरेको बताए ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरु सिमित साथी बनाउने गर्छन् । पछिल्लो समय वर्षा र राज मिल्ने साथी बनेका छन् । उनीहरुले, यसलाई प्रेमको नाम भने दिन नमिल्ने समेत स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment