Comments Add Comment

शाओमीद्वारा स्मार्ट टीभी र इको सिस्टमको अनावरण

१६ चैत, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादनको घोषणा गरेको छ । यससँग ब्रान्डले सामान र इकोसिस्टममा अझ सामानहरु ल्याउने योजना बनाएको लिडरले जनाएको छ ।

मी टीभी ४एक्स ६५ इन्च

आफ्नो स्मार्ट टीभीहरुको पार्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टीभी ४ एक्स ६५ इन्च मोडल भित्र्याएको छ । यस मोडलमा ६५ इन्च ४के डिस्प्ले एचडीआर छ र यो टीभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यूआईको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमी मी टीभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट द्वारा सञ्चालित रहेको र यसमा माली जीपीयू, २ जीबी र्‍याम र १ जीबी इन्टरनल स्टोरेज रहेको कम्पनीले जनाएको छ ।

मी ४ ए ४३ इन्च होराइजन एडिसन

नामले भने गरे बमोजिम शाओमी मी ४ ए ४३ इन्च होराइजन एडिसन मी टीभी ४ ए को एक संस्करण हो जसलाई शाओमीले “होराइजन डिस्प्ले”को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु रहेका छन् ।

मी ४ ए ४३ इन्च होराइजन एडिसनको स्क्रिनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु छन् । डिजाीनको ठूलो फाइदा भनेको ठाउँ प्रतिबन्धको साथ खरिददारहरुले आफूले सम्भवतः सोचेको भन्दा ठूलो स्क्रिन पाउन सक्ने कम्पनीले बताएको छ । तलको मध्यम भागतिर मीको एउटा सानो लोगो रहेको र स्टयन्डबाइ लाइटको लागि सानो मोड्युलको साथ, आइआर रिसीभर र यसको ठीक तल पावर बटन राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टीभी ज्यादै मोटो नरहेको र बेस स्ट्यान्ड बिना मात्र ६.६ केजी तौलको रहेको छ।

मी टीभी ४ ए ४०

मी टीभी ४ ए ४० ले बैठक कोठालाई मनोरञ्जनका लागि सही उपयोग गर्ने विश्वास कम्पनीको रहेको छ । कम्पनीका अनुसार मी टीभी ४ ए ४० को पूर्ण एचडी डिस्प्लेले चमकदार रंगको गुणस्तर र क्रिप्स डिटेल प्रदान गर्दछ जसले प्रत्येक दृश्यलाई ठूलो बनाउँछ । २० वाट स्पिकरहरु डीटीएस–एचडी टेक्नोलोजीसँग यो सुसज्जित छ जसले स्पष्ट ध्वनि प्रदान गर्दछ । मनोरञ्जन प्याच वालसँग झनै थप मनोरञ्जन प्रदान हुन्छ जसमा ७ लाख घण्टा भन्दा बढीको सुविधा उपलब्ध छ ।

मी टीभी ४ ए ४० टीभीलाई वास्तवमै स्मार्ट बनाउने भनेको यसमा थप गरिएको एन्ड्रोइड टीभी र गुगल एसिस्ट्यान्ट हो जसले तपाईंलाई कन्टेन्ट प्ले गर्न अनुमति दिने, उत्तरहरु फेला पार्न मद्धत गर्ने र अन्य विभिन्न कार्यमा पनि यसको उपयोग गर्न सकिने कम्पनीको दावी छ । साथै डेटा सेभर मोड जसले तपाईंलाई ३ गुना बढी भिडियो कन्टेन्टहरु स्ट्रिम गर्न अनुमति दिने, फोनबाट टीभीमा भिडियो हेर्न सहयोग पुर्‍याउने र तपाईंलाई सामग्री सजिलैसँग स्ट्रिम गर्न मदत पुर्‍याउने कम्पनीले जनाएको छ ।

मी एलइडी टीभी ४ ए ३२

मी एलइडी टीभी ४ ए ३२ले तपाईंको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसमा फिचर्ड पूर्ण एचडी एलइडी डिस्प्लेले स्पष्टता र रंग प्रदान गर्दछ, चमक बढाउँछ र रँगहरुको समृद्धि श्रेणी प्रदान गर्दछ। एन्ड्रोइड टीभी प्याच वाल एकृकीत भएको हुँदा बिंगी वाचर्सले मनोरञ्जन लिन पाउँछन् र सम्पूर्ण परिवार सदस्यले ७ लाख घण्टा भन्दा बढी उपयोगी सामग्रीको आनन्द लिन पाउँछन्।

यसमा डुअल १० वाट स्टिरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर पनि रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार तपाईँले आफ्नो स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईका मार्फत जडान गर्नुका साथै निर्बाध स्टोरेज र गतिको आनन्द लिन सकिन्छ किनकि यस टीभीमा १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।

नेपालमा मी इको सिस्टम

शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप २ उत्पादन हरु थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र मी बियर्ड ट्रिमर स्वदेशमा ल्याएको छ ।

मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)

नामले जनाए झैँ मी पोर्टेबल ब्लुटुथ स्पिकर एक १६वाट स्पिकर हो जुन दुईवटा ८ वाट पूर्ण रेन्ज ड्राइभरमा विभाजित छ । स्पिकरमा एन्टी–स्लिप प्याडिंगका साथ मेस–लाइक जस्तो डिजाइन रहेको छ जुन सतहमा राख्दा दुर्घटनाग्रस्तबाट बच्नको लागि बनाइएको हो ।

यसमा २६०० एमएएचको ब्याट्री छ जसमा १३ घण्टाको ब्याट्री लाइफको दावी गरिएको छ । यसको आईपीएक्स७ रेटिङ्ग छ, जसको मतलब यसलाई १ मिटर पानीमा ३० मिनेट सम्म डुबाउन सकिन्छ । यो भोइस एसिस्ट्यान्ट्सहरुसँग पनि काम गर्छ र कल गर्नका लागि यसमा इन बिल्ट माइक्रोफोन पनि रहेको छ ।

मी बियर्ड ट्रिमर १ सी

मी बियर्ड ट्रिमर १सी पहिले लन्च गरिएको मोडेल भन्दा हल्का र पातलो रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपकरणमा सुधार गरिएको डिजाइनले दाह्रीको आकार दिँदा उत्तम ग्रिप र नियन्त्रण प्रदान गर्दछ। पहिला प्रयोग हुने मी बिर्यड ट्रिमरमा रहेको ४० लेन्थ सेटिन्ग्सको डायलको सट्टा विभिन्न प्रकारका स्टाइलिंगहरुको लागि २० लेन्थ सेटिन्ग्स प्रदान गरिएको छ । यो लगभग दुई घण्टामा पूर्ण चार्ज हुन्छ र यसले ६० मिनेट रन टाइम सम्म चल्छ ।

यस बाहेक मी बियर्ड ट्रिमर १सी चार्जको लागि माइक्रो–यूएसबी पोर्टको साथ आउँछ। यस उपकरणमा एलईडी इन्डिकेटर छ जसले तपाईँलाई हरेक पटक यसको स्विच अन गर्दा यसको ब्याट्री स्टेटस बारे सचेत गराउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसको ब्लेड हेड निकाल्न सकिन्छ र ब्रशको माध्यमले सजिलै यसलाई सफा गर्न सकिन्छ। यहाँ ट्रिमर भित्र ६००एमएएचको ब्याट्री रहेको र यो एक वर्ष वारेन्टीको साथ आउँदछ । यो एकल कालो रंग विकल्पमा मात्र उपलब्ध छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी आकर्षक टीभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियो श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टीभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भूत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टीभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टीभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।’

उपलब्धताः

  • मी टीभी ४ एक्स ६५ इन्च २०२१ संस्करण उपलब्ध हुनेछ रु १,१९,९९९
  • मी टीभी ४ ए ४३ इन्च हराइजन सस्करण उपलब्ध हुनेछ रु ४६,९९९
  • मी टीभी ४ ए ४० इन्च हराइजन सस्करण उपलब्ध हुनेछ रु ३७,९९९
  • मी एलइडी टीभी ४ ए ३२ संस्करण उपलब्ध हुनेछ रु ३४,९९९
  • मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६डब्लू) उपलब्ध हुनेछ रु २,३९९
  • मी बियर्ड ट्रिमर १ सी उपलब्ध हुनेछ रु १,७९९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment