Comments Add Comment

पर्यटकको रोजाइमा नारायणी विच क्याफे

१६ चैत, काठमाडौं । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्ला दिनमा आन्तरिक पर्यटकहरुको निकै भिड बढ्न थालेको छ । नारायणी नदीमा मोटरबोट चढेर आनन्द लिने तथा नदी किनारामा बसेर स्वादिष्ट खाना तथा खाजा खान पाइने भएपछि आन्तरिक पर्यटकको भिड बड्न थालेको हो । नारायणी नदी किनारामा रहेको नारायणी विच क्याफे पर्यटकहरुको रोजाइमा पर्दै आएको छ ।

नदी किनारामा बसेर स्वादिष्ट खान पाइनुका साथै मनोरम दृष्य हेर्न पाइने भएपछि क्याफे धेरैको रोजाइमा पर्न सफल भएको हो । चितवनको गर्मी छल्न नदी किनारामा रहेको क्याफे उत्कृष्ट गन्तव्य बन्दै गएको छ । नदीबाट आउने चिसो शीतलताले धरैलाई आनन्दित महसुस गराउँछ ।

साथै क्याफेबाट देखिने नदीमा भएका गतिविधि तथा टाढा टाढाका दृष्यले धेरैको मन लोभ्याउने गरेको त्यहाँ पुग्न पर्यटकहरु बताउँछन् । आफ्नै फार्ममा उत्पादित खसी, लोकल कुखुरा, कडकनाथ, टर्की, हाँस, माछा लगायतका उत्पादनहरु प्रयोग हुने भएकोले पनि स्थानीय तथा पर्यटकहरुको विशेष रोजाइमा पर्न सफल भएको नारायणी विच क्याफेको दावी छ । ताजा र स्वास्थ्यवर्द्धक परिकार पाइने भएकाले पनि यहाँ जन्मदिन मनाउने, साथी भाइ भेटघाट गरेर रमाइलो गर्ने तथा समूहगत पार्टीहरु समेत सञ्चालन हुने क्याफेले जनाएको छ ।

रेष्टुरेन्टमा इण्डियन, कन्टिनेनटल लगायतका खानाका साथै स्थानीय परिकारलाई विशेष महत्व दिइएको हुँदा हरेक वर्गका मानिस यहाँ आउने क्याफे सञ्चालक बताउँछन् । गुणस्तरीय र स्वादिष्ट खानाका साथ राम्रो सेवा र सत्कारका कारण पनि रेष्टुरेन्ट धेरैको रोजाइमा पर्न सफल भएको क्याफेको दावी छ ।

क्याफेका अनुसार साँझको समयमा नारायणी नदीको सुस्केरासँगै कक्टेल र मक्टेलको मज्जा लिन पाइनेछ । मदिरा सेवन नगर्नेहरुलाई पनि अनौठा किसिमका मक्टेलको स्वाद लिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment