+
+
Shares

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १८:४३

१६ चैत, गोरखा । १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान दूध लिन जाँदै गरेकी बालिकालाई बाटोमा भेटेपछि खोल्सामा लगेर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख भएको डीएसपी प्रकाश दाहालले बताए ।

पक्राउ परेका खत्रीलाई सोमबार जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको दाहालले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?