+
+
Shares

अवैधानिक अध्यक्षले गरेको कारबाही अस्वीकार्य : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १९:३१

१६ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि भएको कारबाही अस्वीकार्य भएको बताएका छन् ।

आफू र माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन् ।

पहिलो चरणमा संविधान र नेकपको एकतामा प्रहार गरेका ओलीले दोस्रो चरणमा एमालेको नवौं महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाएको र गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गरेको उनले बताएका छन् ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे चार नेतालाई स्पष्टीकरण पत्र पठाएका ओलीले सोमबार वरिष्ठ नेता नेपाल र आफूलाई निलम्बन गरेको भन्दै उनले भनेका छन्, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी कुमृत्यु हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रति तावेदारी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?