+
+
Shares

माधव नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १०:४४

१७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् ।

उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन ।

नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको हो ।’

अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका छन् ।

एमाले अध्यक्ष ओलीको कदमको प्रतिवाद गर्दै आएको झलनाथ खनाल र माधव नेपाल पक्षले यसअघि नै समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ। साथै नेपालले ओलीको निर्णयलाई स्वेच्छाचारी भन्दै प्रतिवादमा उत्रिन पनि कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?