Comments Add Comment

३ महिनादेखि सुनसान हल, फिल्म रिलिज अझै अन्यौलमा

पौष १० गतेबाट चलचित्र प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोले । उनीहरुले हल खोलेर केही पुराना चलचित्र रिलिज गरे । नेपाल सरकारले पौष २६ गतेबाट हल ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गर्यो । सरकारले ५० प्रतिशत अकुपेन्सीको नियम हटाएको छैन । पछिल्ला दिनमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले पनि यो नियम तत्काल हट्ने संभावना देखिदैन ।

हल खुलेको ३ महिना भैसक्दा पनि दर्शक हलसम्म पुगेका छैनन् । यो विचमा केही नयाँ र केही पुराना नेपाली तथा हिन्दी चलचित्र रिलिज भए । तर, कुनैले पनि दर्शकको साथ पाएनन् । चलचित्र प्रदर्शकहरुले नयाँ हिन्दी चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने आशा थियो । तर, भारतमा दिनमै ६० हजार भन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् ।

यसले, एकपछि अर्को हिन्दी चलचित्रको प्रदर्शन मिति पनि स्थगित भएको छ । यसैले, केही महिना नयाँ हिन्दी चलचित्र हलमा आउने संभावना पनि कम देखिन थालेको छ ।

अर्कोतिर, प्रदर्शन मिति तय गरिएका केही नेपाली चलचित्र पनि पोष्टपोन्ड भएका छन् । यसले, सुनसान रुपमै संचालन भैरहेका हलहरुले यस्तो अवस्था कहिलेसम्म बेहोर्न पर्ने हो, यकिन छैन ।

चलचित्र रिलिज फेरि अन्यौलमा देखिएको छ । निर्माण भैसकेका चलचित्रलाई प्रदर्शन गर्न निर्माताले चासो देखाएका छैनन् । यस्तो अवस्थामा नेपाली चलचित्रले अझै केही समय शुन्यताकै अवस्था भोग्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment