+
+
Shares

अंग्रेजी लेखनमा सहयोगी पुस्तिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १३:२०

१७ चैत, काठमाडौं । ताबिनराज बास्कोटाले पुस्तिका ‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ सार्वजनिक भएको छ । विद्यार्थीको सिर्जनात्मक अंग्रेजी लेखनमा सघाउ पुर्‍याउने उद्देश्यले पुस्तक लेखिएको बास्कोटाको भनाइ छ ।

काव्य स्कुलबाट एसएलसी, इस्लिङ्गटन कलेजबाट ए लेबल र काठमाडौँ कलेज अफ म्यानेजमेण्टबाट बीबीए उतिर्ण गरेका २२ वर्षीय बास्कोटा स्नातकोत्तर अध्ययनको तयारीमा छन्।

विविध विषयका पुस्तकमा रुचि राख्ने उनले विशेषतः माध्यमिक तहका विद्यार्थीको अंग्रेजी लेखन सिलसिलेवार नहुने, लेख्न खोजेको विषय स्पष्ट र पुरा नहुने समस्या देखेपछि सहयोगी पुस्तिका लेखेको बताए ।

नयाँ बानेश्वरको काव्य स्कूलमा सूचना प्रविधि र लेखन कला विषय अध्यापन गराइरहेका उनी विद्यार्थीको कथ्य अंग्रेजी राम्रो भएपनि लेखन कला कमजोर भएकाले त्यसलाई सघाउ पर्‍याउन सहयोगी पुस्तिका लेखेको बताउँछन् ।

यो पुस्तिका अध्ययनार्थ विदेश जाँदा आवश्यक पर्ने आईईएलटीएस र एसएटी परीक्षाका लागि समेत यो पुस्तिका सहयोगी हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?