Comments Add Comment

अविश्वास प्रस्तावबारे कर्णालीका प्रदेश प्रमुखले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण

१८ चैत, काठमाडौं । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराएका छन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

प्रदेश प्रमुख कलौनीको आदेशानुसार मंगलबार प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण गरिएको सम्बन्धको पत्र पठाएको छ ।

‘नेकपा एमाले प्रदेश सभा संसदीय दल कर्णाली प्रदेशले चैत ४ गते प्रदेश प्रमुखसमक्ष पेस गरेको मुख्यमन्त्रीको लागि गरिएको समर्थन फिर्ता चैत ५ गतेदेखि लागू हुने गरी फिर्ता गरिएको पत्रको जानकारी ५ गते नै मुख्यमन्त्री शाहीसमक्ष दिइएको थियो,’ प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment