Comments Add Comment

कर्णालीमा एमाले र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक

कर्णाली प्रदेशसभाको फाइल तस्वीर ।

१८ चैत, सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् ।

एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएको हो । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार दलको विधान पारित, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वास प्रस्ताव र दलभित्रको नयाँ जिम्मेवारीबारे छलफल हुनेछ ।

कर्णालीका मुख्यमन्त्री शाही माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । कर्णालीमा नेकपा एमालेका बहुमत सांसदले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

अब सरकार बचाउन मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । प्रदेशसभाको बहुमत सदस्यले विश्वासको मत दिएमा मात्र उनको सरकार कायम रहन्छ ।

त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन सूचना गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । बैठकमा सरकार गठनबारे छलफल हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment