
१८ चैत, काठमाडौं । स्वास्थ्यकर्मीहरुको कोरोना जोखिम भत्ता शीघ्र उपलब्ध गराउन माग राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स नेपालको प्रतिनिधि टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई भेटेर बुधबार ज्ञापनपत्र बुझाएको हो ।
कोभिड-१९ महामारी फैलिएको एक वर्ष बितिसक्दा समेत सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना भत्ता उपलब्ध नगराएको भन्दै मन्त्री ठगुन्नालाई ज्ञापन पत्र बुझाएको सोसाइटीका महासचिव निराजन यादवले अनलाइनखबरलाई जानकारी दिए ।
आफ्नो ज्यानलाई जोखिममा राखेर सेवा पुर्याउँदै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले नै जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएर पनि अहिलेसम्म उपलब्ध नगराएका कारण सोसाइटीले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको उनले बताए ।
हेर्नुहोस् विज्ञप्ती :
प्रतिक्रिया 4