
१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकनलाई अनुमति नदिने सर्वोच्च अदालतको फैसला बेठीक भएको बताएका छन् । यद्यपि उनले अदालतको फैसला स्वीकार गर्ने बताएका छन् ।
‘संविधानले दल खोल्न पाउने स्वतन्त्रता प्रत्याभूत गरेको छ । तर, सर्वोच्च अदालतको यो निर्णयले दल सम्बन्धी गठन र पुनगर्ठन सवै अदालतले गर्ने भएपछि त, दलको के औचित्य रह्यो भन्ने आउँछ । संविधानले प्रत्याभूत गरेको दलसम्बन्धी अधिकार नै हनन् भयो भनेर अदालत गएको हो । पुनवरावलोकन नगर्ने भएपछि त्यो त बेठीक भयो भन्ने लाग्छ’ उनले भने ।
नेता गुरुङले अदालतको फैसलाबारे छलफल गर्ने तर फैसलालाई स्वीकार गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4