Comments Add Comment

पौडी खेल्ने क्रममा पोखरीमा डुबेका दुई बालकको शव फेला

१९ चैत, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दक्षिणकाली नगरपालिका–१ का ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको शव बिहीबार फेला परेको हो ।

सशस्त्र प्रहरी बलको निलबाराही गणबाट खटिएको टोलीले उनीहरुको शव पोखरीबाट बाहिर ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment